आहा!! कति मीठो आवाज र राम्री रूपा सुनार बहिनी!!! साच्चै मन नै लोभयाउने पत्रकार !!🙏 पर्नु भो ! के सधै कसैसंग कुरा गर्न जॅादा ,डेरा माग्न जॅादा record गर्नु हुन्छ कि ? प्रधान धरपेटी दिदीसंग भेट्न जॅादा मात्रै हो??जे होस् सुनार बहिनीलाई सबैले चिन्ने भयो!
सुन्नुस कति सोझि रहिछन्, सरस्वती प्रधान घर पेटि पनि तुरून्तै रूपा बहिनीलाई छोरिको दर्जा दिए! परिवारै बनाए पहिलो भेटैमा !!यो हो उपत्यकाको culture!रूपा सुनार बहिनी तपाईलाई कुनै गाली गलौच गरेकै त छैन रैछ है!
सुनार बैनीलाई सुनार हुनुमा आफै लाज रहेछ!
यदि वहॅाले गाली गलौच गरि तुरून्तै घरबाट गलहत्यायको भए???? बिभेदै गरेको हो?? कारवाहि सामाजिक बहिष्कार गर्थियौं!! बहॅाको बाध्यता बुझ्नु नै भएन, समाजको डर , घर परिवारमा निर्णय लिने अधिकार उनी संग थिएन् , बुझ्नुस्! घर परिवारको निर्णय त पुरूषले लिने होलानी त चलन त यस्तै छ नेपाली समाजमा !तपाईं पत्रकार समाज बुझेकै होला , तपाईंले सबै दोष जातमा निकाल्नु भयो। वहॅा त्यति दोषि होईन् बरु तपाईंले बहॅाको बाध्यतालाई खै बुझेको?? महिला भएर महिलै माथि बिभेद गर्नु भयो । वहॅालाई कारवाहि होला तर घर समाजमा हुने अपमान बुझ्नु हुन्छ ?? के परिवारमा तपाईलाई डेरै दिएको भए पनि वहॅाको हालत के हुन्थियो होला? अनुमान गर्नु सक्नु हुन्छ? बिभेदको अन्त हुनै पर्छ तर त्यसको मतलब यो होईन कि अनजानमा अबुझमा भएका गल्तीलाई Crime criminalize गर्दा समाजमा घृना फैलिन्छ! तपाईहरू दुबै प्रति खेद छ । दुबै महिलै पर्नु भयो🙏
सुनार बहिनी जबसम्म तपाई आफ्नो पहिचान (समाजले दिएको) बोक्न् हुन्छ तपाई माथि बिभेद भैरहन्छ। तपाई सुनार हुनुमा गर्व गर्नुस न ! कसको मजाल छ हेप्ने? म नेवा: लाई ट, त बोल्ने भनेर हेप्छन्, हामीले भाषै बोल्न छादयौ।बाध्यताले नेपाली बोल्यो! भाषा मारियो।के म लजाएर चित्त दुखाउॅनु कस कसलाई केश ठेक्नु ।
म वहॅाको ठाउॅमा भएको भए मेरो पनि त्यहि अबस्था हुन्थियो किनकि मैले कमाएको घर छैन सासु ससुरासंग बस्छु । घरमा मेरो निर्णय चल्दै चल्दैन्। बरू घरमा माहाभारत हुन्छ।चलाउॅन टाउॅकै फुटाए पनि घरवाट निकाला हुन्छ होला।अब भन्नुस ?? जबकि म पनि बिभेद गर्दिन र सहंदिन पनि ?? मेरो लागि सब समान छ🙏🤯 के म माथि केश गर्नु हुन्छ ?? यात मेरो घर परिवार माथि ?? समूदायमा तपाई यति राम्रो मान्छे खलनायक हुन्छ ! हामीले बुझाउॅन समय लाग्छ। परिबर्तन आउॅछ आउॅछ ! शुरूवाट भैसक्यो!! हामी साथ छौं!!!
Lesson learnt : कुनै पत्रकारलाई डेरा दिनु भनेकै अनायासमा खतरा मोल्नु हो! जातले त सबै मानव हुन्! ©️ बिध्या श्रेष्ठ